Section 94
झुट्टो कारोबार
यस ऐनको प्रयोजनको लागि देहाय बमोजिमको कुनै कारोबार गरिएमा त्यस्तो कारोबारलाई कृत्रिम वा झुट्टो कारोबार गरेको मानिनेछः– (क) प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धितोपत्र खरिद वा बिक्री भएको भए तापनि वास्तविक स्वामित्वमा फरक नपर्ने भएमा, (ख) अर्कोले खरिद वा बिक्री गर्न प्रस्ताव गरेको मूल्य थाहा पाई सोहीसँग मिल्ने गरी खरिद वा बिक्री गर्ने प्रस्ताव गरेको भएमा ।